
तनहुँ । एकजना नाबालीका गायिकामाथि बलात्कार गरेको अभियोगमा अभिनेता पल शाहविरुद्ध परेको मुद्दामा पीडितका पक्षबाट आज ९ जनाले बहस गरेका छन् ।
तनहुँ जिल्ला अदालतमा आरोपित भनिएका शाहको वयान सकिएपछि आजबाट थुनछेक बहस सुरु भएको हो ।
न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजालसमा सुरु भएको थुनछेक बहसमा पीडितका पक्षबाट दुई सरकारी वकिलसहित ९ जनाले बहस गरेका हुन् ।
पलको बयान हिजो सकिएको भएपनि उनका म्यानेजर कृष्णप्रसाद जोशीको बयान आज सकिएसँगै थुनछेक बहस सुरु भएको जिल्ला अदालत तनहुँले जनाएको छ।
अदालतका अनुसार पीडितका पक्षबाट जिल्ला न्यायधिवक्ता रामचन्द्र शर्मा, विपिनराज तिवारी, राधिका खतिवडा, दिपक रावल, किशोर सापकोटा, मोहना अन्सारी, टेकनारायण गौतम, सरिता तिवारी, विनोदप्रसाद लामिछाने, शिवराज काफ्ले लगायतले बहस गरेका हुन् ।
प्रतिवादीतर्फबाट बहस गर्नका लागि ११ जनाले वकालतनामा दर्ता गराएको भएपनि आज अधिवक्ता पर्शुराम गिरी, भानुभक्त सुवेदी, कमलामोहन वाग्लेले मात्रै आज बहस गरेका । बाँकी अधिवक्ताले भोली निरन्तर बहस गर्नेछन् ।
बहस सकियो भने भोली नै अदालतबाट थुनछेक आदेश आउन सक्ने बताइएको छ ।
आदेशमा प्रतिवादी अभिनेता शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहागरी बाहिरैबाट मुद्दा लड्न पाउने भन्ने तय हुनेछ ।
सरकारी वकिलको कार्यालयले अभिनेता पलविरुद्ध हिजो दर्ता गरेको मुद्दामा निजलाई १२ देखि १४ वर्षको कैद र मनासिव क्षतिपूर्ति माग गरिएको छ ।
पीडित नाबालिकातर्फबाट अभिभावकले तनहुँ प्रहरीमा फागुन ११ गते पलविरुद्ध बलात्कारको मुद्धा गर्दा गराएपछि उनले फाग
न १५ गते प्रहरी समक्ष आत्मासमर्पण गरेका थिए ।
पलविरुद्ध उनै नाबालिकातर्फबाट नवलपुर जिल्ला अदालतमा पनि गत बिहीबार मुद्दा दर्ता भएको छ ।
एउटै प्रकृतीको अपराधमा एउटै ब्यक्तिमाथि दुई ठाउँमा मुद्धा दर्ता गरिएको बिषयमा भने सर्वसाधारण र कानुनी क्षेत्रमा विभिन्न ढंगले चर्चा भइरहेको छ ।
भिडियो पनि हेरौं










