
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन तीनै तहको चुनावसम्म जरुरत रहेको बताएका छन् । नेपाली काँग्रेस तनहुँले पार्टी कार्यालय दमौलीमा आज गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तीनै तहको चुनावमा सत्ता गठबन्धन जरुरत रहेको बताएका हुन् ।
‘गठबन्धनलाई तीनै चुनावसम्म संगै लैजान जरुरत छ । स्थानीय निर्वाचनमा मात्रै हैन प्रदेश र राष्ट्रिय निर्वाचनमा पनि गठबन्धन भएमा मात्रै विजयी हुन्छौ’ देवाले भने ।
चुनावमा जाँदा गठबन्धनमा आबद्ध दलहरुलाई पनि उचित स्थान दिनुपर्ने प्रधानमन्त्री देउवाको भनाइ छ । संविधान र लोकतन्त्र जोगाउन गठबन्धनका दलहरुको महत्वपुर्ण भुमिकामा मात्रै काँग्रेसले सरकारको नेतृत्व पाएको भुल्न नहुने देउवाले बताए ।










