गोरखाको मतदान केन्द्रमा काँग्रेस र माओवादीको झपडमा गोली चल्यो, स्वयंसेविका घाइते


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–२ ताराखसे मतदान केन्द्रमा गोली चलेको छ । प्रहरीले चलाएको गोल लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्। उनको तिघ्रामा गोली लागेको र उपचारका लागि अस्पताल पठाइएको सहायक निर्वाचन अधिकृत चित्र अधिकारीले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच झडप भएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुबै पक्षका कार्यकर्ताहरु हानाहान गर्दै मतपेटिका राखिएको कोठामै छिरेपछि स्थितीलाई नियन्त्रणमा लिन प्रहरी गोली चलाउन बाध्य भएको गोरखाका एसपी केदार खनालले बताए । उनकाअनुसार मतपेटिका सुरक्षित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार