प्रधानाध्यापकले आफ्नै छात्रालाई भनेः ‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो’


काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१०, सामाखुशीस्थित मनोहर माविका प्रधानाध्यापक माधवप्रसाद भट्टराईमाथि आफ्नै छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । विद्यालयमा अध्ययनरत एक छात्राले प्रधानाध्यापक भट्टराईले आफूलाई अस्वभाविक व्यवहार गर्दै दुव्र्यवहार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् ।

प्रधानाध्यापकले कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गर्ने गरेको भन्दै ति छात्राले प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । प्रधानाध्यापक भट्टराईले छात्राहरुलाई ‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो’ भन्दै दुर्व्यवहार गर्ने गरेका पीडित छात्राले जाहेरीमा उल्लेख गरेकी छन् ।

जाहेरी दर्ता पश्चात अनुसंन्धान सुरु भएको प्रहरीको भनाई छ ।प्रधानाध्यापक भट्टराईले पीडितलाई सकभर कोही नभएका बेला बोलाउने, अन्य कोही कार्यकक्षमा भए पहिले अरुलाई बाहिर पठाएर दुर्व्यवहार गर्ने गरेको अरोप छ । उनले कक्षा ८, ९ र १० का छात्राहरुलाई दुव्र्यहार गर्ने गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार