राष्ट्रपति भण्डारीद्धारा ‘क्रिसमस डे’ को अवसरमा शुभकामना व्यक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको महानपर्व ‘क्रिसमस डे’को अवसरमा शुभकामना व्यक्त गरेकी छन् । उनले आज एक विज्ञप्तिमार्फत क्रिसमस डेको अवसरमा सबै नेपालीजनमा सुख, शान्ति एवं दिर्घायु र सुस्वास्थ्यको कामना समेत गरेकी छन्।

उनले विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन क्रिसमस डेको पर्वले सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।

इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार