
काठमाडौं। बलात्कर आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले दिएको निवेदनमा आज सुनुवाइ हुन सकेन। पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै क्रिकेटर लामिछानेले उच्च अदालत पाटनमा दिएको निवेदनउपर आज सुनुवाई हुन नसकेको हो ।
उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा लामिछानेको निवेदन परेको थियो। बालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले गत कात्तिक १८ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो। उक्त आदेशविरुद्ध लामिछानेले मंसिर २९ गते उच्च अदालत, पाटनमा निवेदन दर्ता गराएका थिए ।
गत भदौ २१ गते एक किशोरीले आफुलाई भदौ ५ गतेको राती र ६ गते बिहान सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै क्रिकेटर लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । लामिछानेविरुद्ध जाहेरी दर्ता हुँदा बखत उनि क्रिकेट खेल्ने क्रममा विदेशमा थिए । मुद्धा दर्ता भइसकेपछि असोज २० गते उनि नेपाल फर्किएका थिए ।
प्रहरीमा आत्मसम्पर्ण गरेका लामिछानेविरुद्ध प्रहरीले गत कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएको थियो । जिल्ला अदालतको आदेशपछि लामिछाने सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन्।
भिडियो पनि हेरौ











