
पोखरा । आज बिहान पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान खुलेको छ । आज बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयर लायन्सको ९ एन–एएनसी विमानमा चालक दलका ४ जना सहित ६८ यात्रु गरी ७२ जना सवार रहेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए । यात्रुमध्ये ३र३ जना शिशु तथा बालबालिका र ६२ वयस्क थिए।
विमान पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको हो । विमानमा १५ जना विदेशी नागरिक थिए भने ३ जना बालबालिका थिए।
दुर्घटनामा पर्नेमा विदेशी नागरीकहरुमध्ये ५ भारतका, ४ रसियाका, २ कोरियाका, र आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १र१ जना याुत्र सवार थिए ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ । थप उद्धार कार्य जारी छ ।
मृतकहरुको नामावली यसप्रकार छः
नेपाली यात्रुमाः किसान आचार्य, निशान्त आचार्य,शालिगराम आचार्य, सडकात अलिमिया,पूर्ण बहादुर गुरुङ,जितेन्द्र बहादुर कुँवर,एलिना बन्ड्रो,अनिशा बानियाँ, स्लक भट्ट,निरा छन्त्याल,आशिमा गुरुङ,अनुशा गुरुङ,बेलमान गुरुङ,विजयकुमार गुरुङ,जीवनकला गुरुङ,माया गुरुङ,लक्कि गुरुङ,शिवकुमार गुरुङ,सिता गुरुङ,यमुना गुरुङ,यास्मिन गुरुङ,रविन हमाल,सन्जय जैसवाल,सोनु जैसवाल,रचना काफ्ले,सीता कुमारी खड्का,अनिल कुमार राजभार,भगवती कुँवर,अविशेक कुश्वाह,ओम माया गुरुङ,सुस्मा पाण्डे,हरि परियार,लक्ष्मी परियार,रिता परियार,अरुण पौडेल,लक्ष्मी पौडेल,प्रसिद्धि पौडेल,त्रिभुवन पौडेल,पोजन राना,सविना रायमाझी,राजन सापकोटा,अनिल शाही,संगिता शाही,जमुना शर्मा,विशाल शर्मा,युवराज शर्मा,मोहन श्रेष्ठ,डा। शोना दिवाकर,बन्दना सुनार,राजुसिंह ठकुरी,चुर्ण थापा,गणेश थापा,लवराज तिमिल्सिना ।
मृतकमध्ये विदेशी यात्रुमाः मेरोल लभ,आयूरी ल्यागीन,भिक्टर ल्यागीन,जेनितसन्डरा पालाभेकिनो,भिक्टोरिया अतुनिना,इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर आइरिडोरे, मृतकमध्ये शिशुहरुमाः कृष परियार,प्रसिद्धी पौडेल,आयुर्दि शर्मा,बेबी शर्मा र दुईजना शिशुहरुको नाम खुल्न नसकेको कास्की प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार साढे ११ बजेसम्म दुर्घटनास्थलबाट ३२ जनाको शव निकालिएको छ भने थप उद्धार कार्य तिर्वताका साथ अघि बढिरहेको छ ।











