
हुम्ला । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छ्न् । रक्सी खाएर महिलामाथि दुर्व्यवहार गरेको उजुरी परेपछि उनि निलम्बनमा परेका हुन्।
गम्भिरआोप लागेपछि प्रहरी प्रधान कार्यालयले भट्टराईलाई हुम्ला प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर कर्णाली प्रदेश प्रहरी कार्यालयमा तानेको छ । उनको ठाउँमा हुम्ला प्रहरी प्रमुख भएर रवीन्द्र खनाललाई पठाइएको छ ।
यसअघि डीएसपी भट्टराईले यस्तै आरोपमा कारवाही भोगिसकेका छन् । २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा पनि कार्यालयमै मदिरा सेवन गरेको र प्रहरी अनुसाशन उलंघन गरेको भन्दै भट्टराईलाई जिम्मेवारीबाट हटाईएको थियो ।









