काठमाडौंमा आजदेखि सुर्तीजन्य पदार्थ निषेध


काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र आजदेखि प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरण निषेध गरिएको छ ।
काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले १५ दिनअघि नै सूचना जारी गरेर महानगरपालिकाभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएअनुसार आजदेखि निषेध गरिएको हो ।

महानगरलेको सूचना अनुसार आजदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको सेवनमा पनि पूर्ण रुपमा रोक लगाइएको महानगरका स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । उनकाअनुसार महानगर भित्र प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ बेच्ने र सेवन गर्नेलाई कारबाही समेत हुनेछ।

यसअघि पनि सरकारले सार्वजनिक ठाउँमा सुर्तिजन्य पर्दाथ सेवनमा रोक लगाएको भएपनि त्यसको कार्यान्वयन हुन सकेको थिएन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार