
काठमाडौं । पशुपति क्षेत्र विकास कोषमा विभिन्न समयमा नियुक्त भएका एक सय बढि सल्लाहकारहरु खारेज गरिएको छ ।
आज बसेको कोषको परिषद् बैठकले राजाका पालादेखि अहिलेसम्म राखिएका एक सय बढि सल्लाहकार खारेज गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको सचिवालयले जनाएको छ ।
यस्तै, बैठकले पशुपति क्षेत्र परिषद्मा मदिरा बिक्री–वितरण समेत बन्देज गर्ने निर्णय गरेको छ । बैठकले पशुपति दर्शन तथा अवलोकनमा आउने दर्शनार्थी र पर्यटकहरुको सुरक्षाका लागि सुरक्षा पोष्टहरु निर्माण गर्ने निर्णय समेत भएको सचिवालयले जनाएको छ ।









