
काठमाडौं । एनआरएनए, युएईका अध्यक्ष भीम मल्ल ठकुरीले दुबईमा अलपत्र परेका नेपालीहरुका लागि सरक्षित सेल्टरको ब्यवस्था गरेका छन् । अध्यक्षमा चयन भए लगत्तै उनले दुबईमा विभिन्न् कारणले अलपत्र परेका पुरुष नेपालीहरुका लागि खान, बस्नसहितको सुरक्षत सेल्टरको ब्यवस्था गरेका हुन् ।
पछिल्लो समय दुबईमा विभिन्न कारणले अलपत्र हुने नेपालीहरुको संख्या बढ्दै गएपछि आफुले अर्को ब्यवस्था नभएसम्मका लागि खान, बस्नसहितको सेल्टरको ब्यवस्था गरेको बताए ।
विगतमा यस बिषयमा नेपाली दुतावास एवं नेपाल सरकारलाई बारम्बार जानकारी र तागेता गरेता पनि पुरुषहरुका लागी सेल्टरको ब्यवस्था हुन नसकेपछि आफैले पुरुष सेल्टर स्थापना गरेको अध्यक्ष ठकुरले बताए ।
उक्त सेल्टरमा दश जना पुरुष र दश जना महिला गरि बिस जना राख्न मिल्ने गरी ब्यवस्था गरिएको अध्यष ठकुरीले अनमोलपोस्टलाई जानकारी दिए ।
‘म आफैको नीजि लागतमा अलपत्र परेका नेपालीहरुका निम्ति कार्यकाल भरिका लागी सेल्टरको ब्यवस्था गरिएको छ । यस सेल्टरमा साँच्चै नै अलपत्र परेका नेपाली दाजुभाईहरुको अर्को ब्यवस्था नभइन्जेलका लागी लागी खाने र बस्ने ब्यवस्था गरिएको जानकारी गराईन्छ’, उनले बताए ।
अध्यक्ष ठकुरीले बिगत १४ बर्षदेखि दुबईमा नेपाली समुदायमाझ सेवा गर्दै आएका छन् । उनले दुबईसंगै नेपालमा पनि विभिन्न आफत विपतमा परेका नेपालीहरुलाई सहयोग गर्दै आएका छन् ।









