बाजुराको कोल्टीमा नेकपाको सम्पर्क कार्यालय उद्घाटन

बाजुरा । नेपाली कम्युनिष्ट (पार्टी)को निर्वाचन केन्द्रित सम्पर्क कार्यालय बाजुराको कोल्टीमा उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार प्रकाश शाहले उक्त कार्यालयको कोल्टीमा औपचारिक रूपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा नेकपाकी समानुपातिक उम्मेदवार विनिता विक, पूर्व मन्त्री तथा पार्टीका वरिष्ठ नेता कर्ण बहादुर विक, नेताहरू मनलाल खत्री, चिरञ्जीवी शाही, महेश शाही, रमेश विश्वकर्मा लगायतको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन नेकपा प्रचार–प्रसार समितिका संयोजक अनिल शाहीले गर्नुभएको थियो। साथै, सम्पर्क कार्यालयको संयोजकको जिम्मेवारी चिरञ्जीवी शाहीलाई प्रदान गरिएको छ।

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी उम्मेदवारहरूको प्रचार–प्रसार सामग्री वितरण, नेता–कार्यकर्ताबीच समन्वय तथा सम्पर्कलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले उक्त सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको प्रचार–प्रसार समितिका संयोजक अनिल शाहीले जानकारी दिए ।

नेकपाले कोल्टीमा सञ्चालनमा आएको यस सम्पर्क कार्यालयले चुनावी अभियानलाई जनस्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ। साथै चुनावी अभियानलाई प्रभावकारी रुपमा सञ्चालनका लागि पनि ठुलो सहयोग पुग्ने विश्वास लिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार