जनकपुर । जनकपुरमा विहिबार विहानै आगलाली भएको छ । सिलिन्डर ग्यास पड्किएर आगलागी भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका –२ कदमचोकको एक होटलमा जडान गरिएको फ्रिजमा विद्युत सर्ट भइ आगलागी सुरु भएको हो । आगलागीमा होटलमा राखिएका ८ वटा ग्यास सिलिन्डर पड्किएको प्रहरीले जनाएकाे छ ।
आगलागीबाट गोविन्द मिस्ठान्न भण्डार, सियाराम मिस्ठान्न भण्डार र सँगै रहेको एक होटेल गरी तीनवटा होटेल पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।
आगलागीबाट मानविय क्षति नभएपनि ठुलो धनजनको क्षति भएको छ । आगो जनकपुर, महेन्द्रनगरको दमकलले नियन्त्रणमा लिइएको थियो।










