पोखरा । पोखरा महानगरपालिकाले ल्याएको बजेट प्रति असन्तुष्ट वडा अध्यक्षले लगाएको ताला शुक्रबार खोलिएको छ । बजेटका विषयमा असन्तुष्ट कांग्रेस निकट ११ वडाध्यक्षसहितका जनप्रतिनिधिले र मेयर मानबहादुर जिसीबीच सहमति पछि ताला खोलिएको हो ।
आन्दोलनरत कांग्रेस वडाध्यक्ष र मेयरबीच भएको छलफलमा मेयरले उनीहरुका मागलाई हेरफेर गर्ने विषयमा सहमति भएको छ । मेयर सबै सच्याउन नसकेपनि केही बुँदामा हेरफेर गर्ने बताएका छन् ।
महानगरको पाँचौँ नगरसभाबाट गत बुधबार आगामी आव २०७६र०७७ को बजेटमा कांग्रेस निकटका वडाध्यक्षसहित ४८ जनप्रतिनिधिले बिहीबार महानगर कार्यालयको मुलगेटमा ताला लगाई धर्नामा बसेका थिए ।










