हासियारः चार्जमा राखेको मोवाइल चलाउदा यसरि ज्यान गयो

मोरङ । चार्जमा राखेको मोवाइल चलाउदा एकजनाको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका– ३ त्रिशुली चोकका १५ वर्षिय सौजन राईले चार्जमा राखेको मोवाइल चलाउदा उनको मृत्यु भएको हो ।

मोवाइल चार्जमा राखेर गेम खेलिरहेको अवस्थामा बुधबार मध्यरातमा उनलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

सथीको घरमा सुतिरहेका सौजन चार्जमा राखेको मोवाइल चलाइरहँदा करेन्ट लागेर छटपटाएपछि उनका साथीको परिवारले बिजुली बन्द गरेका थिए । प्रहरीका अनुसार उनका साथी सुरज राई पनि उनि संगै एउटै खाटमा सुतेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार