
काठमाडौं । विप्लव निकट पत्रकार तथा लेखक खेम थपलियालाई पक्राउ गरेको छ । काठमाडौंको बागबजारबाट शनिवार साँझ पत्रकार थपलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
थपलिया नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका पनि महासचिव हुन्। महासंघका अध्यक्ष माइला लामा पक्राउपरी जेल चलान भइसकेका छन् ।
अध्यक्ष लामा पक्राउ परेपछि संगठनको तर्फबाट थपलियाले नै सरकारविरुद्ध विज्ञप्ति निकालेका थिए ।
जलजला मासिकको कार्यालयबाट पक्राउ पत्रकार थपलिया कार्यालयबाट प्रहरीले कम्प्युटर र कागजातसमेत बरामद गरेको छ ।
हाम्रा भिडियो सामाग्री पनि हेर्नुहोस ।










