पत्रकार आत्महत्या प्रकरण अपडेटः प्रहरी अनुसंन्धान सकियो, अनुसंन्धानको फाइल सरकारी वकिलकै कार्यालयमा

हिरासतमा रहेकाहरु रिहा हुने अन्योल


चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित रवि लामिछाने लगायत तीनै जनाको अनुसंन्धान फाइल अहिलेसम्म सरकारी वकिलको कार्यालयमा नै छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नोतर्फबाट सम्पुर्ण अनुसंन्धान सकाएर फाइल सरकारी वकिलको कार्यालयमा पेश गरेको एसपी दानबहादुर मल्लले जानकारी दिए ।

उक्त फाइलका आधारमा सरकारी वकिल कार्यालयले आरोपित तीनैजनाका नाममा अभियोग पत्र जिल्ला अदालतमा पेश गर्नेछ । तर,अहिलेसम्म त्यो हुन सकेको छैन ।

घटनाका आरोपित एकजना अस्मिता कार्की रुकुका कानुन ब्यवसायि मनिष कुमार श्रेष्ठले भने, “हाम्रो हातमा घटनाको मिसिल फाइल परेको छैन, प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको छ । त्यहाँबाट अभियोग पत्र अदालतमा दर्ता भएपछि वहश सुरु हुनेछ ।”

कानुन ब्यवसायि श्रेष्ठमा अनुसार अभियोग पत्र दर्ता भएपछि बादी र प्रतिवादीबीच वहश हुने र त्यसपछि अदालतले गर्ने आदेश अनुसार हिरासतमा रहेका रवि लगायत तीनजनाबारे निर्णय हुनेछ । अदालत साँझ ५ बजेसम्म खुला रहनेभएकाले रिहा हुने कुरामा अहिले भन्न नसकिने उनको भनाइ छ ।

प्रहरीले आरोपितहरुमाथी आत्महत्या दुरुत्साहन अभियोग अन्तरगत रहेर नै अनुसन्धान पुरा गरेको र सोही अनुरुप अदालतमा पेश गर्न लागेको एसपी मल्लले बताए ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की रुकु विगत दश दिनदेखि प्रहरी हिरासतमा थिए । उनिहरुका बिरुद्ध सोहि आरोपमा अदालतमा मुद्धा दायर गरिदैछ । उक्त आरोप अदालतबाट सहि ठहर भएमा कानुन वमोजिम ५ बर्षसम्मको जेल सजाय र ५० हजारसम्मको जरिवाना हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार