बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिकाका १ भुरीगाँउका ७० वर्षीय पहाडिया थारू रहेका छन् ।
उनलाई आइतबार विहान घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा बाघले आक्रमण गरेको थियो। बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।









