
चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी युवराज कँडेलले जिल्ला अदालत चितवनमा बयान दिएका छन् ।
सोमबार कार्यालय समयमा सरकारी वकिलको कार्यालयले आरोपी रवि लाछिाने र कँडेललाई बयानका लागि अदालतमा पेश परेको थियो । आदालतमा युवराजले घटनाका बिषयमा आफ्नो बयान दिएका छन् ।
स्रोतका अनुसार अर्का आरोपि रवि लामिछानेको बयान भइरहेको छ । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित तनि जना मध्ये नर्स अस्मिता कार्की रुकुको बयान हिजो लिइएको थियो । अदालतका जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा बयान लिने कार्य भइरहेको छ ।
अदालत स्रोतका अनुसार आजै दुबै जनाको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक वहशमा पहिला सरकारी वकिलका तर्फबाट वहश हुनेछ भने त्यसपछि आरोपितहरुका वकिलहरुले वहश गर्नेछन् । दुबै तर्फको वहश सकिएपछि मात्रै अदालतबाट आदेश आउनेछ ।
रिहा हुने संभावना कति ?
थुनछेक वहशका लागि वहश गर्ने वकिलहरुको संख्या धेरै भएकाले आजै अदालतबाट आउने आएर रिहाइका बिषयमा के हुने भन्ने अन्योल छ ।
विपक्षीहरुको तर्फबाट वहश गर्ने वकिलहरुको संख्या धेरै भएकाले कार्यालय समयमै अदालतबाट आदेश आउनेमा अन्योल रहेको आरोपित अस्मिता कार्कीका वकिल मनिष कुमार श्रेष्ठले बताए ।
यदि कार्यालय समय साँझ ५ बजेअगाडि नै सबै वहश सकियो र अदालतले गर्ने आदेशको समय रह्यो भने न्यायधिशले प्रमाण र पक्ष विपक्षको वहशका आधारमा आदेश दिनेछन् । आदेशमा आरोपितहरु धरौटीमा, साधारण तारेकमा या फेरी थुनामा
जान सक्नेछन् ।
यो भिडियो पनि हुर्नहोस









