संसदमा उपकुलपति बर्खास्त गर्ने माग (भिडियोसहित)


काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरिनुपर्ने माग संसदमा उठेको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मेटमणि चौधरीले भण्डारी उपकुलपति नियुक्त भएदेखि नै दाङको स्वास्थ्य सेवा बिग्रिन थालेको भन्दै उनलाई तत्काल पदबाट हटाउन माग गरेका हुन् । चौधरी दाङको क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन ।

“डाक्टर संगिता भण्डारी रहँदासम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै पनि सुधार आउन नसक्ने भएकोले तुरुन्तै अपदस्थ गरी दाङको स्वास्थ्य सेवामा सुधार ल्याउनका लागि अर्को भीसी नियुक्त गरी पठाउनका लागि सम्माननीय सभामुखमार्फत् सम्बन्धित मन्त्रालयको ध्यानाकर्षित गर्न चाहान्छु”, सांसद चौधरीले भने ।

पदको दुरुपयोग गरी चरम भ्रष्टाचार समेत उपकुलपति भण्डारीले गरेको उनको आरोप छ ।
दाङ हेल्थ सेन्टर स्थापनाको ६१ वर्षपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसकेपछि जिल्लाको स्वास्थ्य सेवा लथालिंग भएको र सेवाग्राहीले सामान्य उपचारसमेत पाउन नसकेको भन्दै उनले सभामुखको ध्यानाकर्षण गराएका छन् ।

भिडियो

Methmani Chaudhary MP of Nepal

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति संगिता भण्डारीलाई बर्खास्त गरिनुपर्ने माग संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मेटमणि चौधरीले भण्डारी उपकुलपति नियुक्त भएदेखि नै दाङको स्वास्थ्य सेवा बिग्रिन थालेको भन्दै उनलाई तत्काल पदबाट हटाउन माग गरेका हुन् ।

Gepostet von Anmol Media am Montag, 26. August 2019

 

 

 

हाम्रा अन्य भिडियो सामाग्रीहरु पनि हेर्नुहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार