दाङ । मोटरसाइकल दुर्घटनामा परि दाङको घोराहीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहमानगरपालिका वडा ९ का २५ बर्षीय मनोज विक र ५ का २५ बर्षीय दिपक विकको रहेका छन् ।
तुलसीपुर बाट घोराहीतर्फ जादै गरेको रा ४ प ७८९३ नम्वरको मोटरसाइकल गुकाली डाँडाँमा दुर्घटनामा परेको हो । दुर्घटनामा परि गम्भीर घाइते दुबै जनालाई उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा प्रतिष्ठानमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।








