पाकिस्तानमा भूकम्पले सडक चिरा पर्यो

पाकिस्तान । मंगलबार पाकिस्तानमा ५.८ म्याग्नेच्युडको भूकम्प आएको छ।

भूकम्पका कारण पाकिस्तान प्रशासित कस्मिरमा चार जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ।

पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएअनुसार स्थानीय समयअनुसार मंगलबार अपरान्ह ४ बजे पाकिस्तान नियन्त्रित कस्मिर र पञ्जाबको सीमामा केन्द्रविन्दु बनाएर भूकम्प आएको हो।

भूम्पको धक्का ८.१० सेकेन्डसम्म निकै महशुस गरिएको बताइएको छ ।

राजधानी इस्लामावाद, पेशावर, रावलपिण्डी र लाहोरमा पनि धक्का महशुस गरिएको थियो। भूकम्पले केही घर भत्किएका छन् भने मिरपुरमा सडक चिराचिरा भएको छ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीसम्मै महशुस गरिएको अन्तराष्ट्यि सञ्चारमाध्यामले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार