
चितवन । केहि दिन अघि बिरामीको मृत्युको बिषयलाई लिएर चितवन मेडिकल कलेज तोडफोड गर्ने ११ जनाबाट ११ लाख क्षतिपूर्ति तिराइएको छ । गत कात्तिक ३ गते कलेज तोडफोड गर्ने ११ जनालाई चितवन प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेका एघारै जनाले एक र एक लाख क्षतीपुर्ती रकम बुझाएर धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कलेजले तोडफोडबाटा १४ लाख बराबरको क्षति भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा बिगो असुल उपर गरी पाउँ भन्दै मुद्दा दायर गरेपछि उनिहरुलाई प्रहरील पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा उनीहरुले ५५ हजार धरौटी तिरेर तारेखमा रिहा भएका छन् ।
क्षतीपुतीृ मात्रै नभई अदालतबाट उनिहरु दोसी भएमा १० हजार जरिवाना र एक बर्ष जेल बस्नुपर्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।नवलपुर मध्यविन्दु नगरपालिका–९ वसन्तपुरकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारका क्रममा गत कात्तिक २ गते कलेजमा मृत्यु भएको थियो ।
नाकमा समस्या भएर उपचार गर्न आएकी ज्ञवालीको उपचारका क्रममा मृत्यु भएपछि उनीहरुका आफन्तले कलेजको मूल गेट, आईसीयू, सीसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका थिए ।









