काठमाडौं । सरकारले आज सार्वजनिक विदा दिएको छ । नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले आज (बुधबार) सार्वजनिक विदा दिएको हो । आजको दिन नेवार समुदायले भाइटीका मनाउने भएकाले विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यो विषयमा छलफल गरेका थिए ।
सो छलफलमा प्रधानमन्त्री ओली सार्वजनिक विदा दिन सकारात्मक भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।










