वनभोज खाएर फर्किएको ट्याक्टर पल्टिँदा तीनको मृत्यु

दाङ । दाङमा वनभोज खाएर फर्किएको ट्याक्टर पल्टिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा–६ मनिकापुरकी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेका छन् ।

ट्याक्टरमा सवार अन्य २६ जना भने घाइते भएका छन् । घाइतेको गढवा स्वास्थ्यचौकी र लमही अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टनामा परी घाइते मध्ये चारजनाको अवस्था गम्भीर र १९ को सामान्य रहेको बताइएको छ ।

शुक्रबार साँझ तिहारमा खेलेको भैलोबाट सङ्कलन भएको पैसाले गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर फर्किदै गर्दा रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा दुर्घटना भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रण गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार