चन्द्रागिरि केबुलकारको भाडा ७ सय किन भन्दै विभागले माग्यो जवाफ


काठमाडौँ । चन्द्रागिरि केबुलकारको भाडाबारे गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरेको छ । काठमाडौंको चन्द्रागिरिस्थित संचालनमा रहेको केवलकारले भाडा महँगो भएको भन्दै जनगुनासो बढेपछि विभागले अनुगमन गर्दै त्यसबारे कारण माग गरेको छ ।

विभागको टोलीले केबुलकारको कार्यालयमा पुगेर अनुगमन गरी दुईतर्फी केबुलकारको भाडा सातसय रुपैयाँ तोक्नुको स्पष्ट कारण खुलाइ सात दिन भित्र जवाफ दिन आदेश समेत दिएको छ । हेलो सरकारुमा केबुलकारको भाडा महंगो लिएको भन्नेबारे गुनासो बढेपछि विभागले अनुगमन गरी जवाफ माग गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार