काठमाडौं । नेपाली सेनामा विभिन्न नयां पदहरुका लागि आवेदन खुला गरिएको छ ।
सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग काठमाडौंले लेखा जमदार कर्मचारी, सहायक पण्डित हुद्दा, अमलदार कर्मचारी, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन तथा विभिन्न ट्रेडका फलोवर्स पदका लागि ३ हजार ७ सय ८४ जनाका लागि आवदेन आह्वान गरेको हो ।
सोमबार सार्बजनिक गरिएको सूचना अनुसार नेपाली सेनाका जंगी अड्डा काठमाडौं, इटहरी, धनकुटा, धनुषा, बारा, हेटौंडा, सिन्धुली, उपत्यका पृतना नारायणहिटी, पोखरा, बाग्लुङ, रूपन्देही, नेपालगञ्ज, दाङ, सुर्खेत, जुम्ला र दीपायलबाट इच्छुकले यि पदकाहरुमा आवेदन दिन सक्नेछन ।
आवेदन दिनुपर्ने म्याद मंसिर २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिररे पुस २ सम्म पनि आवेदन दिन सकिने सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले जनाएको छ ।