काठमाडौं । संसद सचिवालयकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज (सोमबार) पनि हुदैछ । हिजो (आइतबार) बाट सुरु भएको बहस साँझसम्म नसकिएपछि बहस आज पनि हुने भएको हो । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा आज बहस हुनेछ ।
आइतबार भएको बहसमा सरकारी पक्षबाट सह–न्यायाधिवक्ता चन्द्रकान्त खनाल, न्यायाधिवक्ता हरिप्रसाद रेग्मी, उमाकान्त पौडेल र सहायक न्यायाधिवक्ता सृजना ढकाल सहभागी थिए भने महराकोतर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर सेसी, सबिता भण्डारी, कृष्णप्रसाद सापकोटा र लव मैनाली लगायत बहस गरेका थिए ।
बहस गर्ने अधिवक्ताहरुको संख्या बढि भएकाले बहस लम्बिएको हो । थुनछेक बहस सकिएपछि महरालाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा छाड्ने वा तारेखमा रिहा गर्नेमध्ये एक आदेश अदालतले सुनाउने छ ।










