नेकपाको सचिवालय बैठक बस्दै, प्रधानमन्त्रीले कसलाई जिम्मेवारी देलान ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । पटक पटक स्थगित हुदै आएको सचिवालय बैठक आज अपरान्ह ४ बजे बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य उपचार गराउन लाग्दा कसलाई जिम्मेवारी दिने लगायत पार्टीको प्रवास कमिटिको जिम्मेवारी तोक्ने र स्थायी समितिको बैठक बोलाउने बारेमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक डायलसिस गरेर फर्केपछि बस्न लागेको बैठकका एजेण्डाबारे सबै सचिवालय सदस्यहरु जानकार नभएको बताइएको छ । सचिवालय सदस्य तथा पूर्व प्रधानमन्त्री समेत रहेका झलनाथ खनालले बस्न लागेको बैठकको एजेण्डाबारे जानकारी नभएको बताएका छन् ।

प्रधानमन्त्री ओली पुनः मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेकाले उनले त्यसका लागि तीनदेखि पाँच महिना पुर्ण रुपमा आराममा बस्नुपर्ने भएकाले त्यसअघि नै सरकार र पार्टीको जिम्मेवारी हस्तान्तरण गर्ने सोचमा छन् । यस बिषयमा पनि आजको बैठका छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई र कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई दिने तयारी गरेको कुरा समेत बाहिर आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार