छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । दुई छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार साँझ दाङ र नवलपरासीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको हो

दाङको लमही नगरपालिका–६ बेल दमारमा साँझ टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा घोराही उपमहानगरपालीका–३ बेलुवा घर भएका ५८ वर्षीय बन्धुराम थारु रहेका छन् ।

दुर्घटनामा घाइते थारुको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दाङ धेरै दुर्घटना हुने ठाउँ हो ।

त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता पुर्वको विनय त्रिवेणी गाउँपालिकामा पनि टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीया विष्णु माया बस्याल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु बताइएको छ ।

उनको बिहीबार साँझ पैदल हिँडिरहेका बेला लु२ख २४१५ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

दुई वटै घटनामा टिपर चालक फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार