सल्यान । सल्यानको कुमाख गाउँपालिका ५ को वडा अध्यक्षको लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ७ सय ९२ मत ल्याएर बुढाथोकी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उम्मेदवार खड्क बहादुर बोहराले भने २ सय ५१ ल्याएका छन् । यस्तै
राप्रपा गोपाल शाहले २१ पाएका छन् । जम्मा ११ सय २४ मत खसेकोमा ६० मत बद्दर भएको थियो ।
योसँगै नेकपाको तेस्रो जीत हो । यस अघि रोल्पा र कञ्चनपुरमा पनि नेकपा बिजयी भएको छ ।








