कास्की । कास्कीमा नेकपाकी उम्मेदवार विद्या विद्या भट्टराईले अग्रता कायमै राखेकी छन् । तीनवटा वडाको मत गणना सक्दा उनले आफ्नो अग्रता दोब्बरले बढाएकी छन् ।
पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिँदा भट्टराईले ८ हजार २ सय ६५ मतले ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत ल्याएका छन् ।
कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।
पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।










