छोराले गरे आफ्नै आमाबुवाको हत्या

बुटवल । रुपन्देहीमा छोराले आफ्नै आमाबुवाको हत्या गरेका छन् । रुपन्देहीको ओमसतियामा गाउँपालिका ४ का गोरखबहादुरले आफ्नै आमाबुवाको हत्या गरेका हुन् ।

उनले ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ ।

रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनाको बारेमा बुझ्दा गोरखबहादुरको मानिसिक अवस्था ठीक नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार