बोक्साको आरोपमा वडाध्यक्षलाई नै कालोमोसो र जुत्ताको माला,मलमुत्र खुवाउने प्रयास


चितवन । बोक्साको आरोपमा चितवनमा एक वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला लगाइएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै कालोमोसो र जुत्ताको माला लगाइएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट घाइते वडाध्यक्ष प्रजाको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ । वडा कार्यालयको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद हुँदा स्थानिय उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्ष प्रजालाई बोक्सा भन्दै कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएको बताइएको छ ।

उक्त समुहले प्रजालाई मानव मलमुत्र समेत खुवाउन खोजेको पीडितको भनाई छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार