तनहुँ । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन युवा पुस्ताले संघर्ष गर्नु पर्ने बताए ।
काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री समेत रहेका नेता थापाले तनहुँको व्यास नगरपालिका–१ मा आयोजित एक कार्यक्रममा बोल्दै नेपालको एक इञ्च भूमि पनि गुम्न नदिए बताए ।
“भारतले अतिक्रमण गरेको जमिन फिर्ता ल्याएरै छाड्छौ नेता थापाले भने, हाम्रो पुस्ता नेपाली भूमि रक्षाका लागि सङ्घर्ष गर्छ ।”
नेपालको सीमा मिचिएको विषयमा छलफल गर्न भारत तयार रहेको बताउँदै नेता थापाले भूमि फिर्ता गर्ने सवालमा जस्तोसुकै कदम चाल्न सम्पुर्ण दलहरु एकमत रहेको समेत बताए ।











