काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन् । उनलाई आइतवार जिल्ला अदालत काठमाडौँले अनुसन्धानका लागि ५ दिनको म्याद थप्ने अनुमति दिएको छ । महरा प्रकरणले नेपाली राजनीतिक वृत्तलाई दुई भागमा विभाजित गरेको देखिन्छ । कतिपयले महरालाई दोषी देखाइरहेका छन् भने कतिपयले महर...





