लकडाउनका बेला राहातका बिषयमा झडप, डेढ दर्जन बढि घाइते


पर्सा । लकडाउनमा समस्या परेका परिवारलाई राहात दिन लगत संकलन गर्ने क्रममा भएको झडपमा परी डेढ दर्जन बढि स्थानिय घाइते भएका छन् ।

पर्साको वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा गाउँमा बुधबार राहातका लागि लगत संकलन गर्ने विषयमा झडप हुँदा झण्डै २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

दुई पक्षबीच झडप हुँदा घाइते हुनेमा स्थानिय ४० वर्षीय गर्भु यादव, ३० वर्षीय विनोद यादव, १५ वर्षीया रञ्जिता यादव, १५ वर्षकै देवेन्द्र यादव, ६१ वर्षीय शम्भु प्रसाद यादव, १८ वर्षको प्रेम सागर यादव, १० वर्षीय विवेक यादव, १२ वर्षीय श्याम यादव, ५५ वर्षीय प्रभुप्रसाद यादव, ४२ वर्षीय उदयप्रसाद यादव, २१ वर्षीय विक्की यादव, १७ वर्षीय रविन्द्र प्रसाद यादव, १८ वर्षीय शत्रुधनप्रसाद यादव, ३६ वर्षीय जियालाल प्रसाद ९ वर्षिीय राज यादव, ३२ वर्षीय किशोरीलाल यादव लगायत करिब झण्डै २० जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये केहीको टाउको, नाक, मुख, हात खुटटामा चोट लागेको छ । केहिको हात भाँचिएको छ । घाइतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

राहात बाँड्नका लागि गठन भएको समितिका सदस्यबीच नै विवाद हुँदा झडप भएको बताइएको छ । समितिका सदस्य प्रभु यादव र स्थानीय उपेन्द्र यादव पक्षबीच विवाद हुँदा दुवै पक्षले एक अर्का माथि हातपात गरेको वडा अध्यक्ष सन्तोष तिवारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार