ट्रम्पले आफ्नो कम्पनीबाट १५ सय कर्मचारी हटाए


अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निजी कम्पनीबाट १५ सय कर्मचारी हटाएका छन् ।

कोरोना भाइरसको महामारीसँगै व्यापार घाटामा गएको भन्दै ‘ट्रम्प अर्गनाइजेसन’ नामक उनको कम्पनीका १५ सय कर्मचारी हटाइएका हुन। ट्रम्पका अमेरिका र क्यानडास्थित होटेलमा कार्यरत कर्मचारीलाई हटाइएको हो ।

न्युयोर्क, कोलम्बिया, मियामी, सिकागो, लासभेगस, होनोलुलु लगायतका ठाउँमा रहेका १७ होटेलका कर्मचारी हटाइएको हो । ती कर्मचारीलाई स्थिति सामान्य भएपछि फेरि राखिने गरी अस्थायी रूपमा हटाइएको कम्पनीले जनाएको छ ।

ट्रम्प संगठनका सबै कम्पनीबाट दैनिक ट्रम्पले ६ लाख ५० हजार अमेरिकी डलर आम्दानी गर्थ्यो । जुन करिब आठ करोड नेपाली रुपैयाँ हुन्छ ।संक्रमणबाट जोगिन घरमै बस्नुपर्ने अवस्था आएसँगै विश्वका सबैजसो होटेल, क्लब, रेस्टुरेन्टहरू पनि बन्द भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार