बालुवाटार जग्गा प्रकरणबारे संसदमा गगन थापाको स्वस्तानी ब्यंग्य:कुमारजी आज्ञा गर्नुहुन्छ,हे विष्णुमणि…


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणबारे स्वस्थानी ब्रत कथाको शैलीमा कडा ब्यँग्य गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जग्गा प्रकरणबारे ब्यंग्य गरेका हुन।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनले जग्गा फिर्ता गर्ने भनेकाले मुद्दा नचलाउने निर्णय गरेकामा सासंद थापाले कडा ब्यंग्य गरेका छन् ।

स्वस्तानी बर्त कथा वाचनको शैलीमा जग्गा प्रकरणबारे थापाको ब्यंग्य यस्तो छ,

“कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि,

अब उपरान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नू, थाहा पाइहाले होइन होइन भन्नू ।

चित्त बुझाउन नसकेर अप्ठेरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फिर्ता गर्नू र दुई पटक विष्णु विष्णु भन्नू ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नू र चार पटक विष्णु विष्णु भन्नू ।

त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् ।

इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे श्रीस्वस्थानी ब्रतकथा बालुवाटार वर्णनाम प्रथम अध्याय
धन्यवाद ।”

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार