वीरगञ्ज । वीरगञ्जमा तीन जना भारतिय नागरिकमा कोरोना पुष्टि भएपछि थप सतर्कता अपनाइएको छ । संक्रमितसँगै रहेका अन्य २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुलाई वीरगञ्जको सिद्धार्थ माविमा रहेको क्वारेन्टाइनमा शनिबार नै नियन्त्रणमा लिएर राखिएको बताइएको छ । कोरोना आशंकामा २४ जनाको नमूना परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिर्पोट भने नेगेटिभ आएको छ ।
रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
तीन जनामा कोरोना पुष्टि भएपछि वीरगञ्जमा चिन्ता बढेको छ ।










