तीन जनालाई कोरोना पुष्टि भएको वीरगञ्जको छपकैया क्षेत्र शिलबन्दी

वीरगञ्ज । आइतबार विहान तीन जना भारतिय नागरिकलाई कोरोना पुष्टि भएपछि वीगञ्ज र आसपासका क्षेत्रमा सतर्कता अपनाइएको छ । त्यस्तै संक्रमित भेटिएको वीरगञ्ज महानगरपालिका २ को छपकैया र आसपासको क्षेत्र शिलबन्दी समेत गरिएको छ ।

आइतबार नै बाराको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त क्षेत्रमा शिलबन्दी गर्ने निर्णय गरेको थियो ।

निर्णयपछि कोरोना फैलनाबाट रोक्नका लागि महानगरपालिकाका वडा नं. १, २, ३ र १६ मा शिलबन्दी गरिएको छ ।

त्यस्तै बैठकले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिको पहिचान गरेर र्‍यापिड टेष्ट परीक्षण गर्ने, ती व्यक्तिहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको कामलाई तीब्रता दिने निर्णय गरेको छ ।

संक्रमित तीन जना नारायणी अस्पतालको आइसोलेसनमा राखिएका छन् । उनीहरुको समम्पर्कमा हेका अन्य व्यक्तिलाई भने क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

तीन जनामा संक्रमण देखिएपछि अहिले वीरगञ्जका स्थानीयमा निकै त्रास बढेको छ । अहिलेसम्म संक्रमित व्यक्ति कहाँ गएका थिए र को कोलाई भेटेका थिए भन्ने बारेमा जानकारी छैन् । यो विषयमा स्थानीय तहले काम सुरु गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार