काठमाडौं । काठमाडौंमा एक महिलामा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको छ । इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्यापिड टेस्टका क्रममा एन्टीबडी पोजेटिभ देखिएको हो ।
सरकारले विदेशबाट आएकाहरुको कोरोना परीक्षण सुरु गरेपछि ति महिला पनि आफै परीक्षण गर्न आएकी थिइन् । बूढानीलकण्ठकि ति महिलाको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
एन्टीबडी पोजिटिभ आएपनि उनको पीसीआर विधिबाट परीक्षण हुन बाँकी छ । चैत पहिला साता इटलीबाट आएकी उनी १४ दिन क्वारेन्टाइनमा बसेर त्यसपछि अरुसँग भेटघाट गरेको उनले आफै बताएकी छन् ।
उनको रिर्पोट पोजिटिभ आएपछि र्यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ ।












