सर्लाहीका एक बालकमा देखियो कोरोनाको एन्टीबडी पोजिटिभ

सर्लाही । सर्लाहीका एक बालकमा कोरोनाको एन्टीबडी पोजिटिभ देखिएको छ । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाईनमा र्‍यापिड टेष्ट गर्दा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।

उनीसँगै क्वारेन्टाईनमा बसेका अर्का एकजनाको भने रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबारको र्‍यापिड टेष्टमा एन्टीबडी पोजिटिभ आएका बालकलाई राति नै जनकपुरधामको आइसोलनमा पठाइएको बताइएको छ ।

उनको स्वाब परीक्षण भने हुन बाँकी रहेको छ । ती बालक गत चैत २३ गते भारतको दिल्ली हुँदै सर्लाही पुगेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार