प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटवार्ता : समसामयिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । शनिबार बालुवाटारमा भएको भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको थियो ।

लामो समयपछि भएको भेटवार्तामा लकडाउनका कारण बीच बाटोमै अलपत्र परेका मजदुरको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भएको थियो । कोरोना फैलिन नदिनका लागि गरिएको लकडाउनका कारण धेरै मजदूरहरु भोकभोकै हिँड्दै गइरहेका छन् ।

बाटोमा अलपत्र परेका मजदूरलाई कसरी गन्तव्यसम्म पुर्याउने भन्नेमा दुई अध्यक्षबीच कुराकानी भएको बताइएको छ । त्यस्तै कोरोना रोकथामका लागि भइरहेका प्रयास औषधी उपचार र राहत वितरणमा आएका गुनासाका बारेमा पनि छलफल भएको छ ।

उनीहरुको छलफल झण्डै दुई घण्टासम्म चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार