रास्वपा नेता मियाँको नेतृत्वमा भारतीय व्यापारी,फिल्म डिरेक्टरसहितको टोलीले बांड्यो ५ सय प्रभावितलाई राहत


रसुवा । रसुवाको भोटेकोशीमा आएको विध्वन्सकारी बाढीमा परि ठुलो धनजनको नोक्सानी ब्यहोरेका प्रभावित ५ सय बढि परिवारलाई राहात बाँडिएको छ ।
रास्वपा युवा नेता एवम् सामाजिक अभियन्ता नुर मोहम्मद मियाँको पहलमा भारतका ब्यवसायी, कलाकार अभियन्ताहरुको टोलीले रसुवा र नुवाकोटका बाढी प्रभावित ५ सय बढि परिवारलाई राहात सामाग्री बाँडेको हो ।

भारतको कलकत्ता स्थायी घर भई कुवेतमा ब्यवसाय गर्दै आएका डा. काजी एकबाल हुसेनले रसुवा र नुवाकोट पुगेर बाढी पीडित परिवारलाई कम्बल, तौलिया, चिउरा, चना, चाउचाउ, बिस्कुट, सोयाबिन, बालबालिकाका झुल, ब्ल्याङ्केट, स्यानिटरी प्याड र कपडा लगायतका सामग्री बाँडेका छन्। उनको साथमा भारतका प्रसिद्ध फिल्म राइटर, डिरेक्टर विनय मुड्गील, भारतीय पद्मश्री पुरस्कार प्राप्त बाइक एम्बुलेन्स दादाले प्रख्यात समाजसेवी करिमुल हक, समाजसेवी डा. नबिउल आलम पनि बाढी प्रभावित क्षेत्र पुगेका थिए ।

नेपालले भोगेको ठुलो विपत्तीमा भारतीय जनता समेत साथमा रहेको उनिहरुको भनाई छ । कुवेतका ब्यवसायी डा.काजीले नेपाललाई परेको ठुलो विपत्तीको घडीमा विश्वभर रहेका मानिसहरुले सकेको सहयोग गर्न आग्रह समेत गरेका छन् ।
रास्वपा नेता मियाँले भारतका प्रसिद्ध ब्यक्तीहरु नेपाल आएर बाढी प्रभावितहरुलाई सहयोग गरेकोमा आभार ब्यक्त गरेका छन् । रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा राहात बाँड्नका लागि रास्वपा युवा नेता हेमराज थापा, हिमाल उपाध्याय लगायतले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार