नेपाली दूतावास सिओलले बाढी प्रभावित परिवारका कामदारलाई नेपाल फर्किन सहजीकरण गर्दै:श्रम कान्सेलर कंडेल

काठमाडौं । दक्षिण कोरियामा रहेको नेपाली राजदूतावास सिओलले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारका कामदारलाई नेपाल फर्किनका लागि सहजीकरण गर्ने भएको छ । ईपिएस भाषा परीक्षा पास गरी E-9 भिषामा दक्षिण कोरियामा कार्यरत नेपाली कामदारका परिवार बाढीबाट प्रभावित भएर घर फर्किन समस्या भए राजदूतावासले सहजीकरण गर्ने भएको हो ।

राजदूतावासले भीषण बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भई तत्काल नेपाल फर्कनुपर्ने अवस्थामा रहनुभएका गणतन्त्र कोरियामा कार्यरत रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लावासीलाई नेपाल जानै पर्ने अवस्था भई कम्पनीबाट अनुमति वा विदा प्राप्त नभएमा आवश्यक समन्वय तथा सहजीकरणका लागि पहल गर्ने राजदूतावासका श्रम काउन्सेलर मैयाँ कंडेलले बताएकी छन् । उनका अनुसार राजदूतावासले आवश्यक प्रक्रियाका लागि विवरण समेत उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेपाल आउन सहजीकरणका लागि सहयोग चाहिनेहरुले पठाउनुपर्ने विवरणहरूः
१. पूरा नाम
२. नेपालको स्थायी ठेगाना
३.टेलिफोन नम्बर
४. पासपोर्ट नम्बर
५. ARC Number
६. कार्यरत कम्पनीको Manager को सम्पर्क नं तथा ईमेल ठेगाना
सम्पर्क नम्बरहरु:
श्रम काउन्सेलर : +९७७९८५११८५१८६ (WhatsApp) Legal Adviser: + ८२१०४९७९३२२९
इमेल :
राजदूतावासले विज्ञप्ती निकालेर पनि अनुरोध गरेको काउन्सेर कंडेलले जानकारी गराइन् । नेपालमा आएको बाढीप्रति  दु:ख व्यक्त गर्दै उनले यस्तो अवस्थामा राजदूतावास पनि सहयोगका लागि लागिरहेको बताएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार