
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संसादहरुसँग छुट्टा छुट्टै छलफल गर्ने भएका छन् । संघीय संसदका सांसदहरुलाई बालुवाटारमा बोलाएर छुट्टा छुट्टै छलफल गर्ने भएका हुन् ।
कोरोना संक्रमणविरुद्धको काम र अध्यादेश जारी गरेपछि विवादका विषयमा छलफल गर्न लागेका हुन् । छलफलमा सम्बन्धित प्रदेशभित्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई राखिएको छ । उनीहरुसँग स्थानीय तहमा भइरहेका काम र पछिल्लो अवस्थाबारे छलफल गर्ने बताइएको छ ।
केही दिनअघि नेकपाका सांसदहरुले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेर कोरोना विरुद्धको लडाइमा जनताबीच गएर काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए ।
सांसदहरुका गुनासा सुन्ने र पछिल्लो अवस्थाबारे जानकारी गराउने उद्देश्यले सांसदहरुसँग अलग अलग छलफल गर्न लागिएको हो ।












