घर जान काेटेश्वरमा भेला भएका सयाैं यात्रुलाई प्रहरीले रोक्यो

काठमाडौं । कोरोना महामारीका बेला देश लकडाउन भएको १ महिना पुग्यो । सरकारले कोरोना फैलिन नदिनका लागि चैत ११ गतेबाट देशलाई लकडाउन गरेको छ ।

लकडाउनमा काम गर्ने ठाउँ बन्द भएपछि काठमाडौं र देशका विभिन्न ठाउँमा काम गर्ने मजदूरलाई निकै समस्या भएको छ । आफू बसरिहेको ठाउँमा खान पाउनै समस्या भएपछि मजदूरहरु हिँडेरै घर गइरहेका छन् ।

तर, केहिदिन यता भने सरकारको निर्देशनमा हिँडेर गइरहेका यात्रु र बाटोमा अलपत्र परेकाहरुलाई सम्बन्धीत निकायले गाडीको व्यवस्था गरेर घरसम्म पुर्याउने काम गर्दै आइरहेका छन् ।

बुधबार साझँ काठमाडौंको जडिबुटीमा अलि फरक व्यवहार भयो । प्रहरीले नै घर जाने भनेर जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई रोकेको छ । सम्बन्धीत स्थानीय तहले गाडीको व्यवस्था गरेर आफ्नो स्थानीय तहका नागरिकलाई काठमाडौंबाट घर ल्याउने व्यवस्था गरिरहेका छन् । त्यसकै लागि जडिबुटीमा भेला भएका मानिस भने घर जान पाएनन् ।

प्रहरीले भने मंगलबार राती रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेपछि बस सञ्चालन गर्न नदिएको बताएको छ । माथिको आदेश भन्दै प्रहरीले सयौंको संख्यामा भेला भएका नागरिकलाई आफ्नो डेरामा फर्कन आदेश दियो ।

काठमाडौंमा डेरा गरी बसेका ती मजदूरले भने कोठमा खानेकुरा नभएकाले बस्न गाह्रो भएको गुनासो प्रहरीलाई सुनाई रहेका थिए । गाडी पाउँछ भन्ने थाहा पाएर जडिबुटी चोकमा काठमाडौंका कपन, बालाजु, कंलकी लगाएतका विभिन्न ठाउँबाट हिँडेर पुगेका थिए । राति प्रहरीले जान नदिएपछि उनीहरुलाई फर्किन पनि समस्या भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार