देशका धरै ठाउँमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । केहिदिन देखि मौसममा आएको परिवर्तन आजपनि देखिने छ । आज देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिएको छ । देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो ।

विहान मौसमामा बदलि आए पनि दिउँसो भने देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार