
वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) मा तीन पटक कोरोना पोजिटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया एक युवती रहेकी छन् ।
उनको आरडीटीमा कोरोना पोजिटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा प्रादेशिक अस्पताल पठाइएको छ । तर त्यहाँको रिर्पोट नआउदै उनको मुत्यु भएको बताइएको छ । मृतक युवतीको शव नारायणी अस्पतालमा राखिएको छ ।
आरडीटी पोजिटिभ देखिएपछि आइसोलेसनमा राख्ने तयारी गर्दा गर्दै मृत्यु भएकाे छ । ति युवती ब्लड क्यान्सरको बिरामी पनि भएको बुझिएको छ । चैत ५ गते स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुर क्यान्सर अस्पालमा परीक्षण गर्दा उनकाे ब्लड क्यान्सर देखिएको थियो ।
लकडाउनको समयमा घरमै बसेकी ति युवतीको स्वास्थ्यमा धरै समस्या देखिएपछि शनिबार राति तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएकाे बताइएकाे छ । अस्पतालले युवतीकाे अन्य जाँचसँगै आरडीटी पनि परीक्षण गरेको थियो । आरडीटीमा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्यापिड टेस्ट गरेको थियो । त्यसपछि उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
उनको रिपोर्ट पोजिटिभ देखिएपछि परिवारका सदस्यलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।











